Gorkha Sansar

कम्युनिस्ट युवा संगठन नेपालकाे केन्द्रीय संयोजकमा झलक विश्वकर्मा चयन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपालले नयाँ केन्द्रीय संयोजकको रूपमा झलक विश्वकर्मालाई चयन गरेको छ।

मंगलबार राजधानीमा  सम्पन्न नेकपा (बहुमत) को चौथो केन्द्रीय समितिको बैठकले विश्वकर्मालाई संगठनको नेतृत्व सुम्पने निर्णय गरेको हो। बैठकले वर्तमान राष्ट्रिय राजनीतिक जटिलता, वैचारिक बहस र सडक–संघर्षका आवश्यकता औंल्याउँदै युवाको भूमिकालाई निर्णायक मोडमा पुर्‍याउने रणनीति अघि सारेको जनाएको छ ।

पार्टीले विश्वकर्माको नेतृत्वमा संगठनलाई देशव्यापी रूपमा विस्तार, क्रान्तिकारी राजनीतिक चेतना अभिवृद्धि, आचरण–अनुशासन सुदृढीकरण तथा जनमुखी अभियानलाई तिव्रता दिने अपेक्षा राखेको छ । संयोजक विश्वकर्माले पनि युवा शक्तिलाई व्यवस्थित मोर्चामा एकीकृत गर्दै संगठनलाई “अधिक सक्रिय, संगठित र हस्तक्षेपकारी” शक्ति बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनको चयनसँगै युवा संगठन र पार्टी संरचनाभित्र उत्साहोल्लास बढेको छ । देशका विभिन्न भेगबाट युवा कमिटी, कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालमार्फत विश्वकर्मालाई बधाई दिँदै नयाँ नेतृत्वले संघर्ष र संगठन दुवै मोर्चामा सशक्त आमूल परिवर्तनकारी भूमिका खेल्ने आशा प्रकट गरेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.