Gorkha Sansar

माेटरसाइकल दुर्घटना हुँदा २ जना घाइते, एककाे अवस्था गम्भीर

मंसिर ३ गते

गाेरखाकाे पालुङटार नगरपालिका वडा नंं. ७ च्याङलीमा अाज दिउँसाे माेटरसाइकल दुर्घटना हुँदा माेटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।

खत्रीटार बिरूवाटार सडक खण्डकाे काैशिलटारमा दिउँसाे करीब ५ः३० बजेकाे समयमा खत्रीटार तर्फबाट बिरूवाटार तर्फ अाउने क्रममा गण्डकी ए ए ए १०६४ नं काे एन एस पल्सर माेटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएकाे हाे । दुर्घटनामा परी घाइते हुनेमा चालक भानु नगरपालिका वडा नं. १३ बस्ने वर्ष ३३ का सन्ताेष गुरूङ र निजकी श्रीमती सिसम गुरूङ रहेका छन् । चालक गुरूङकाे अवस्था सामान्य रहेकाे छ भने २७ बर्षकी श्रीमती गुरूङकाे भने टाउकाे, निधार र अनुहारमा गम्भीर चाेट लागेकाे छ ।

घाइते दुवै जनालाइ स्थानीय हरूकाे सहयाेगमा डुम्रेस्थित लक्ष्मी सिटी हस्पिटलमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज (सिएमसी)  पठाइएकाे इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीले जानकारी दिएकाे छ भने दुर्घटनामा परेकाे माेटरसाइकल अस्थायी प्रहरी पाेष्ट बिरूवाटारमा ल्याएर राखिएकाे छ ।

सम्म बाटाे पिच गरिएकाे उक्त स्थानमा एक्कासी कच्ची बाटाे अनि अाेरालाे बाटाे भएका कारण नयाँ अाउने चालकहरू पटक पटक दुर्घटनामा पर्ने गरेकाे स्थानीयले बताएका छन् । उक्त स्थानमा दुर्घटना कम गराउनका लागि केहि सावधानी अपनाउनुपर्ने र स्थानीय निकायले पनि बाटाेकाे अवस्थामा तत्काल केही सुधार गर्नुपर्ने स्थानीयकाे माग रहेकाे छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.