गोरखा, मंसीर २ गते
गोरखाको पालुङटार नगरपालिका वडा नंं.९ बिर्दीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
स्थानीय जग बहादुर बानियाँकाे खेतमा जाेत्ने क्रममा ट्याक्टरबाट लडेर मृत्यु भएको बताइएकाे छ । ट्याक्टरले खेतमा जाेतिरहेका बेला लडेका बानियाँकाे टाउकाेमा गम्भिर चाेटसहित घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
प्रदेश २(०३००१ त २८२७ नंबरको ट्याक्टर दुर्घटनामा परेका बानियाँकाे शवकाे मुचुल्का लगायतका कामका लागि इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीकाे टाेली घटनास्थलतर्फ गएकाे छ भने साेही स्थान बस्ने चालक धन बहादुर कुमाललाइ प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेकाे बताइएकाे छ ।
मंगलबर दिउसो १ बजे काे समयमा ट्याक्टरको पछाडी जोडेको काठको मुढामा बसी खेत सम्याउने क्रममा ट्याक्टरको गियर फेल भई ब्याक हुँदा ट्याक्टरमा ठाेक्किएर दुर्घटना भएकाे बताइएकाे छ जनाएको छ ।
