काठमाडौं ।
मंसिर ७ गतेदेखि अान्देालनको घेाषणा गरेका दुर्गा प्रसाइ अाज मध्यरातमा पक्राउ परेपछि काठमाण्डैामा यतिबेला तरंग पैदा भएको छ ।
गएराती प्रहरीले प्रसाइलाइ पक्राउ गरेकेा थियेा । प्रसाइको पक्राउको बिरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।
नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले भने, ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर सरकारले शान्ति भंग गरेको छ । त्यसैले मंसिर ७ गते नपर्खिकन आजैबाट हामी देशव्यापी आन्दोलनमा उत्रिँदैछौं ।’
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै ७ मंसिरदेखि आन्दोलनको तयारीमा थिए ।
तर हिंसा भड्काउ अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।
