मंसिर १
आईतवार ८;४५ बजेको समयमा तनहुँ आँबुखैरेनी गा.पा.वडा नं.४ बेनिटार स्थितमा अ.प्र.पोष्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको चेकिङ टोलिले काठमाण्डौबाट पोखरा तर्फ आउँदै गरेको ग२ ख १९८३ नं.को माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा माईक्रो बसमा काठमाण्डौको गंगवु बसपार्कबाट एक जना पुरुष मानिसले डुम्रे सम्म पुर्याई दिनु भनि झोला भित्र काटुनमा सेतो टेपले र्याप पार्सल पठाएको उक्त पार्सल संकास्पद लागी रिसिभ गर्ने मानिसलाई खोज तलास गर्न बन्दिपुर गाउँपालिका वडा नं.४ बिमलनगर स्थितमा उक्त सामान रिसिभ गर्ने मानिस जिल्ला गोरखा पालुङ्टार न.पा.वडा नं.७ बिरुवाटार बस्ने बर्ष २८ को अर्जुन रोका रिसिभ गरेपछी फेन्सी झोला भित्र रहेको कार्टुन खोली हेर्दा सो कार्टुन भित्र फममा पोकोपारी लुकाई छिपाई राखेको अवस्थामा जम्मा २४ पत्ता (२४० क्याप्सुल) लागू औषध (Tramadol) फेला परेको हुँदा उक्त लागू औषध सहित निजलाई नियन्त्रण लिई इ. प्र.का. आँबुखैरेनी तनहुँमा ल्याई अनुशन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ
