२६ कात्तिक, काठमाडौं ।
मेलम्चीबाट काठमाण्डैा ल्याइएको खानेपानी नै बन्द गराएर बिविध माग राखी अान्देालनमा उत्रिएका स्थानीयसँग छलफल गराइ समस्या समाधानकेा लागि कुलमानले गरेकेा प्रयास सफल भएकेा छ ।
स्थानीयहरूले बिभिन्न माग राखी केही दिनअगाडीदेखि मेलम्चीको पानी नै बन्द गराइदिएका थिए । समाधानको लागि ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार राति मन्त्रालयमै अबेरसम्म गरिएको छलफल पश्चात १५ बुँदे सहमति भएपछि स्थानीयले पानी अवरोध अन्त्य गर्न सहमत भएका बताइएको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार राति १० बजेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।
