गाेरखा
गत भदाै २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा घाइते भएका ८ जनालाई जिल्ला प्रशासन कार्यालग गाेरखाले परिचयपत्र प्रदान गर्ने जनाएको हो । कार्यालयले एक सूचना जारी गरी यस्ताे जानकारी गराएकाे हाे ।
अान्दाेलनका क्रममा गाेरखाका सन्तोष गुरुङ, सुजित थापा, रोशन रेग्मी, अर्जुन भट्ट, सन्जिता गुरुङ, धु्रव परियार, कुमार अधिकारी र दिवसबाबु श्रेष्ठ घाइते भएका थिए । मन्त्रालयबाट प्राप्तभैपरी खर्चबापतको २० हजार रुपैँया पनि उनीहरूलाइ प्रदान गरिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयाे ।
‘सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरुलाई पछि नीति बनाएर सेवासुबिधा दिनसक्छ भनेर अहिले यो घाइते परिचयपत्र वितरण गर्न लागेकाे पनि उहाँले बताउनुभयाे । अन्य जिल्लाहरुले पनि जेन–जी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र वितरण गर्न पहल सुरु गरेको उहाँको भनाइ छ ।
