Gorkha Sansar

राष्ट्रिय संकटबीच नयाँ वाम एकता पहल : विप्लव, भूसाल र शर्माको संयुक्त आह्वान

काठमाडौं । मुलुक गहिरो राजनीतिक अन्योल र राष्ट्रिय संकटमा फसिरहेको अवस्थामा तीन प्रभावशाली वाम नेताहरु—नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले संयुक्त रूपमा प्रेस वक्तव्य जारी गर्दै “नयाँ ऐतिहासिक वाम एकता र राष्ट्रिय पुनर्जागरण अभियान” सुरु गर्ने संकेत गरेका छन् ।

संयुक्त वक्तव्यमा सत्तारुढ दलका नेताहरु गैरजिम्मेवार बन्दै गएको र पुराना राजनीतिक दलहरू जनताबाट टाढिदै गएको आरोप लगाइएको छ । वक्तव्यमा भनिएको छ, “पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ ।”

ती नेताहरूले हालको राजनीतिक गतिरोध र जनआकांक्षाबीच बढ्दो दूरीले मुलुकलाई अस्थिरता र संकटतर्फ धकेलेको भन्दै राष्ट्रियता, लोकतन्त्र र जनअधिकार सबै एकसाथ खतरा भोगिरहेको चेतावनी दिएका छन् ।

वक्तव्यमा भनिएको छ, “आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको छ ।”

तीन नेताहरूले अबको बाटो “बृहत् वाम, समाजवादी, प्रगतिशील र देशभक्त मोर्चा निर्माण” भएको उल्लेख गर्दै सबै प्रतिवद्ध शक्तिहरूबीच संवाद र सहकार्यको आह्वान गरेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.