कार्तिक २२, काठमाडौँ ।
गत भाद्र २३ र २४ गतेको जेन्जी अान्दोलनमा क्षति पुर्याइएपछि बन्द रहेको चन्द्रागिरी केबलकार अाजदेखि सञ्चालनमा अाएको छ ।
अान्दोलनका क्रममा गत भदैा २४ गतेका दिन केबलकारको बटम स्टेशनमा क्षति पुगेका कारण सञ्चालनमा अाउन सकेको थिएन । दुइ महिनाभित्रमै अावश्यक मरमत गरी सञ्चालनमा ल्याइएको चन्दागिरी हिल्सका कार्यकारी प्रमुख अरुण प्रधानले बताउनुभयो । प्रमुख प्रधानका अनुसार मरमतका लागि ६ महिना लाग्ने अनुमान गरिएकेा भएतापनि सबै पक्षकेा सहयौग का कारण छिटै संचालन मा ल्याउन सकियको बताउनुभयो । केबलकारसंगै रिसोर्ट(चन्द्रागिरि हिल्स) पनि अाजैदेखि सञ्चालनमा अाएको उहाँले बताउनुभयो ।
सेवा बन्द हुनुअघि चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।
पुनः सञ्चालनका क्रममा स्थानीयहरूले पनि निकै उत्साहका साथ सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरिएको छ ।
