Gorkha Sansar

मोटरसाइकल दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं रिफर

कार्तिक २०,मनाङ
 कार्तिक १९ गते दिउँसो माेटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका लामालाइ हेलीकाेप्टरमार्फत काठमाण्डाै पुर्याइएकाे छ ।
 मनाङ नासो गाउँपालिका–०१ सिरानडाँडा स्थित बेसीसहर–चामे सडकखण्डमा बेसीसहरबाट चामेतर्फ जाँदै गरेको ग १७ प ६३१८ नं.को मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसि दुर्घटना भएको थियाे।
दुर्घटनामा मोटरसाइकल चालक, जिल्ला मनाङ चामे गाउँपालिका–४ बस्ने ४९ वर्षका मिङमार लामा घाइते भएका छन्। उनको दुवै हात, खुट्टा, निधार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
मनाङको ताल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि एम्बुलेन्समार्फत प्रदेश अस्पताल लमजुङ पुर्याएको थियो ।
घाइतेकै अवस्था जटिल भएकाले थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित बी एण्ड बी अस्पतालमा रिफर गरि पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिएका छन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.