Skip to main content

Gorkha Sansar

मानिसकाे जीवनमा हाँस्दा हुने फाइदाहरूः हाँस्न सिकाैं

हाँस्दा हुने फाईदा ……………!

१, हाँस्नु वा मुस्कुराउनु मानिसको पहिचान हो, किनकी मानिस बाहेक अरु प्राणीहरुलाई हाँस्ने सौभाग्य प्राप्त छैन ।

२, हाम्रो मुस्कान धेरैकालागी प्रेरणा र खुशीको कारण बन्न सक्छ, त्यसैले सदैब मुस्कुराउने गरौं ।

३,मुस्कुराउँदा पैसा तिर्न पर्दैन, कहिल्यै पनि नरित्तिने मायाको सागर भएको हाम्रो फराकिलो छातीभित्र खुशी, सुखी,सरलता र सम्पन्नताको समुन्द्र छ । सबैलाई नि:शुल्क बाँड्न पाईने मुस्कान हाम्रो महानता र सम्पन्नताको प्रतीक पनि हो ।

४, संसारका हरेक मानिसले फक्रेको फूल र हँसिलो अनुहार नै मनपराउँछन् त्यसैले सदैब हाँस्ने गरौं ।

५, रिसको आशिर्वाद भन्दा खुशी गाली प्रिय लाग्छ त्यसैले सँधै हाँस्ने गरौं ।

६, हाम्रो हाँसोले कयौंको अनुहारमा एकैचोटी खुशीको बहार ल्याईदिन सक्छ,त्यसैकारण हामीपनि हाँसौं, मुस्कुराउँ र अरुको अनुहारमा मुस्कान भरेर नायँ जीवन दिने प्रयास गरौं ।

७,जबसम्म हामी एकअर्कालाई देखेर मुस्कुराउन सक्छौं, त्यतिन्जेल सम्ममात्र हाम्रो सम्बन्ध सुमधुर रहन्छ । त्यसैले यो प्यारो सम्बन्धलाई जिवित राख्न बेस्सरी हाँस्ने गरौं ।

८, हाँसो नै सँधै खुशी हुन पाईने सबैभन्दा सजिलो,सस्तो, स्थाई र भरपर्दो श्रोत हो, त्यसैले सँधै मन खोलेर हाँसौं ।

९, मिठास मिसिएको बोलीमा डरलाग्दो राक्षसी रिसलाई पनि क्षणभरमै साम्य पार्ने शक्ति हुन्छ, त्यसैले सँधै खुलेर हाँसौं । १०, हरेक बोलीमा थोरै मिठास मिसाईदिने हो भने त्यो बोली चियामा चिनी हाले जस्तै मीठो हुन्छ, त्यसैले सदैब मुस्कुराउने गरौं ।

११, अस्तब्यस्त दिनचर्या, खराब जीवनशैलीको करणले आजभोलीका मानिसहरु खुलेर हाँस्न सक्दैनन् ।

हाँसो यति उत्कृष्ठ औषधी हो जसले हाम्रो शरिरका ७०% रोगहरु स्वत: निको बनाईदिन सक्छ। जस्तै ( हामी हाँस्दा शरिरलाई बढी भन्दा बढी अक्सीजन प्राप्त हुन्छ, जसले शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ , शरिरमा सकारात्मक उर्जा बढ्न जानाले पिडामा राहत हुन्छ, हाँस्दा शरिरमा रक्तसंचार बढ्छ, जसले हृदयघातको जोखिम कमहुन्छ । हाँसोले तनाव पीडा जस्ता अवसादलाई कम गराउने हुँदा औषधीले गर्न नसकेको काम हाँसोले गरिदिन्छ, त्यसैले सदैब हाँस्ने गरौं ।

. खुमलाल कंडेल, नवलपरासी (ब.सू.पूर्व)

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.