१६ कात्तिक, काठमाडौं ।
ट्रंकलाइन विवादबारे उद्याेगी व्यवसायीहरूसंग छलफल गरेर समाधान प्रयास गर्न प्रधानमन्त्री शुशीला कार्कीले अाश्वासन दिनुभएकाे छ ।
प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचन तयारीका बिषयमा छलफल गर्न अायाेजित बैठकमाा मुख्यमन्त्रीहरूले उद्याेगहरूकाे लाइन काटिँदा हजाराैं युवाहरू बेराेजगार भएकाेले समाधान गर्नुपर्ने अावाज उठाएपछि प्रधानमन्त्री कार्कीले यस्ताे अाश्वासन दिनुभएकाे हाे ।
बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले उद्योग बन्द हुँदा मजदुर, राज्य र व्यवसायी सबैलाई घाटा भएको भन्दै समस्या समाधानको पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएकाे थियाे।
बैठकमा बागमतीका मुख्यमन्त्रीहरूले प्रदेश सभाबाट पारित गरिसकेको बजेटमा केन्द्रबाट दिइने समपूरक, सशर्त र विशेष अनुदानमा कुनै कटौती हुन नहुने माग पनि राखेका थिए। जवाफमा अर्थमन्त्रीले बजेट कटौती नहुने विश्वास दिलाएको मुख्यमन्त्री बानियाँले बताउनुभयाे।
