Gorkha Sansar

प्रचण्ड र शर्मा बीच टकराबः पार्टी एकता प्रक्रिया अन्याैल

१५ कात्तिक, काठमाडौं ।

माअोबादी केन्द्रको बैठकमा जनार्दन शर्माले अाफ्नो कुरा मात्र राखेर बाहिरिएपछि पार्टीभित्र तरङ्ग पैदा हुन थालेको छ ।

नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी बिच एकता गर्ने बिषय लगायत पार्टीको महाधिवेशन गर्ने बिषयमा छलफल गर्ने क्रममा शर्मा असहमत भइ अाफ्नो धारणा राखेर बैठकबाट बाहिरिएका थिए ।

नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने एकीकृत समाजवादीसँगको एकता प्रक्रिया ठिक ढंगले अगाडि बढेको र केन्द्रीय समितिको बैठकसम्म शर्मा समेत सहमत भएर अगाडि बढ्ने बताएका छन् ।

शर्माले पार्टी एकताको काम केही समयका लागि स्थगित गर्नुपर्ने माग राखेका छन् । प्रचण्ड र शर्माबिच कुरा बाझिएपछि एकता प्रक्रिया के होला भन्ने चासोको बिषय बनेको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.