Gorkha Sansar

प्राधिकरणले २५ उद्योगको लाइन काटदा दैनिक ५ करोड घाटा लाग्दै

१४ कात्तिक ।

नेपाल विद्युत प्राधिकरणले २५ उद्योगको लाइन काटदा दैनिक ५ करोड घाटा लाग्दै अाएको छ ।

प्राधिकरणले २५ उद्योगको लाइन काटदा दैनिक रूपमा ४ सय ५० मेगावाट खेर गइरहेका कारण घाटा भइरहेको जनाइएको छ । दैनिक रूपमा ४ सय ५० मेगावाट विद्युत प्राधिकरणले नकिन्दा यस्तो प्रकारको घाटा हुँदै अाएको जानकारहरू बताउँछन ।

प्राधिकरणले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विवादमा ४ कात्तिकदेखि  विभिन्न उद्योगको लाइन काट्न थालेको थियो । सुरुमा ६ उद्योगको लाइन काटिएकोमा पछि २५ उद्योगको लाइन काटिएको थियो ।

ती उद्योगले दैनिक करिब ३ सय मेगावाट खपत गर्ने गर्थे । यति ठूलो विद्युत् खपत गर्ने उद्योगको लाइन काटिएपछि त्यसको मार निजी ऊर्जा उत्पादक र प्राधिकरण स्वयंलाई नै परेको हो ।

उद्योगहरूमा विद्युत् काटेर बचत भएको विद्युत् निर्यात गरेर पैसा कमाइरहेको दाबी प्राधिकरणले गरेको छ । तर, प्राधिकरणले भारतमा अधिकतम १ हजार १ सय २५ मेगावाट र बंगलादेशमा अधिकतम ४० मेगावाट गरी १ हजार १ सय ६५ मेगावाट मात्रै निर्यात गर्न सक्ने क्षमता छ ।

प्राधिकरणका अनुसार पिक आवरमा नेपालभित्र १ हजार ७ सय ५२ मेगावाट माग हुन्छ । यस्तो अवस्थामा निर्यात र आन्तरिक खपत गरी करिब २ हजार ९ सय मेगावाट मात्रै खपत हुने अवस्था छ ।

तर, देशको उत्पादन क्षमता ३ हजार ६ सय मेगावाटभन्दा बढी पुगिसकेको छ । त्यसमध्ये केही आयोजना बाढीपहिरोका कारण बन्द रहँदा पनि देशमा उत्पादित विद्युत् खेर जाने अवस्था सिर्जना भएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.