कार्तिक ८, झापा । भारद्वाज गोत्रीय कँडेल बन्धुहरूको भेलाले तीर्थराज कडेलको संयोजकत्वमा पाँच सदस्यीय कडेल बन्धुहरूको वंशावली खोज अनुसन्धान समिति गठन गरेको छ ।
शिव शताक्षी वडा नम्बर १ धरमपुरमा कोशी प्रदेश स्तरीय कँडेल बन्धु प्रतिष्ठानका संयोजक बालकृष्ण कडेलको अध्यक्षतामा सम्पन्न भएको भेलाले उक्त समिति गठन गरेको हो ।
समितिका अन्य सदस्यहरूमा मनोज कंडेल, जनक कँडेल, टंक कँडेल र रमादेवी कँडेल रहेका छन् ।
भारद्वाज कडेल आश्रम गैंडाकाेट अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वका खुमलाल कडेल प्रमुख आतिथ्यता तथा गण्डकी प्रदेश अन्तर्गत गोरखा शाखाका संयोजक डाक्टर रविन्द्र कडेलको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
आज भनेको समितिले सप्तरशी ऋषि कुल देवता भारद्वाज आश्रम गैंडाकोट द्वारा प्रकाशित कडेल बन्धुहरूको वंशावलीको दोस्रो संस्करण प्रकाशनका लागि छुट तथा थप तथ्याङ्कहरु २०८२ माघ मसान्त सम्ममा संकलन गरी प्रकाशनका लागि पठाउने समेत निर्णय गरेको छ ।
नेपाल विभिन्न स्थानहरूमा छरिएर बसेका कँडेल बन्धुहरूको इतिहासको खोजी गरी विक्रम सम्वत २०७१ सालमा वंशावलीको पहिलो संस्करण प्रकाशन गरिएको थियो ।
अब छिट्टै तथ्याङ्कहरू सङ्कलन गरिसकेपछि दोस्रो संस्करण को प्रकाशन कार्य अगाडि बढाउने भारद्वाज आश्रम गैंडाकोटका संस्थापक मध्येका एक व्यक्तित्व खुमलाल कडेलले जानकारी दिनुभयो ।
वंशावलीको दोस्रो संस्करणमा मातृशक्तिको समेत अभिलेख रहनेगरी तथ्याङ्क सङ्कलन भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
हाल कोशी प्रदेश अन्तर्गत का झापा, मोरङ, सुनसरी लगायतका स्थानहरूमा कडेल बन्धुहरूको बसोबास रही आएको पाइएको छ ।
