Gorkha Sansar

रूपन्देहीमा मूर्ति सेलाउने क्रममा ३ युवाकाे ज्यान जाँदा सूर्यपुरा र मायादेवी शोकमा

५ कात्तिक,

रूपन्देहीकाे गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा ३ युवाकाे ज्यान जाँदा सूर्यपुरा र मायादेवी शोकमा परेकाे छ ।

अाजै मूर्ति सेलाउनकाे लागि घाटमा पुगेका मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी दिए।

दानव र कञ्चन नदी शंगम सूर्यपुरास्थित सन्तेश्वर घाटमा बुधबार दिउँसो तीन बजे उनीहरू मूर्ति सेलाउन पुगेका थिए। सोही घाटमा छठको तयारी पनि सुरु भइसकेको थियो।

तिहारको बेला गाउँका तीन युवाको पनि डुबेर मृत्यु भएको थियो। बुधबारको घटनापछि सूर्यपुरा र मायादेवी शोकमा डुबेको स्थानीय सन्दीप गुप्ताले बताए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.