Gorkha Sansar

गणित शिक्षा परिषद गाेरखाकाे पाँचाै अधिवेशन सम्पन्नः अध्यक्षमा गणेशराज सापकाेटा

कार्तिक १, गाेरखा

गाेरखाकाे सदरमुकामस्थित शक्ति मा.वि.पाटेचाैरमा अाज भएकाे गणित शिक्षा परिषदकाे पाँचाै अधिवेशनबाट गणेशराज सापकाेटाकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएकाे छ ।

समितिका अन्य पदाधिकारीहरूमध्ये  उपाध्यक्षमा पूर्ण बहादुर बि.क, सचिवमा रामकृष्ण ढकाल, काेषाध्यक्षमा सम्झना थापा मगर र सदस्यहरूमा राजु श्रेष्ठ, सुवास अाले मगर, खेमराज अधिकारी, रामकुमार अंगाइ र मनाेज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै गरी अधिबेशनबाट पूर्व अध्यक्ष मिन बहादुर नेपालीकाे संयाेजकत्वमा सल्लाहाकार समिति समेत गठन गरिएकाे नवनिर्वाचत अध्यक्ष सापकाेटाले जानकारी दिनुभयाे ।

अधिवेशन अध्यक्ष मिन बहादुर नेपालीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

गणित बिषय शिक्षण गराइरहेका शिक्षकहरूकाे वीचमा अन्तरक्रिया गर्ने, पठन पाठनमा अाएका समस्याहरूकाे समाधानकाे खाेजी गर्ने र शिक्षण सिकाइ प्रभावकारी बनाउने उदेश्यका साथ परिषद गठन गरी लामाे समयदेखि बिभिन्न क्रियाकलापका साथ अघि बढिरहेकाे छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.