तनहुँ, असोज २५
बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जना गम्भीर रूपमा घाइते भएका छन्।
दुर्घटना दिउँसो करिब १२:१० बजे पृथ्वी राजमार्गमा भएको हो। आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ ख ९७०८ नम्बरको यात्रुबस र डुम्रेतर्फबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
स्कुटरमा सवार दुई जना घाइते भएका छन्। तीमध्ये चालक २८ वर्षीय कुलराम गुरुङ (गोरखा जिल्ला धार्चे गाउँपालिका–७) दुबै खुट्टामा गम्भीर चोट लागेर बोल्न नसक्ने अवस्थामा छन्। अर्का सवार ३२ वर्षीय मनोज गुरुङ (उही ठाउँका बासिन्दा) को टाउकोमा गम्भीर चोट लागेको र उनी पनि बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई उपचारका लागि प्रारम्भमा लक्ष्मी सि.टी. अस्पताल डुम्रे ल्याइएपछि थप उपचारका लागि चितवनको नयाँ CMC अस्पताल पठाइएको डुम्रे प्रहरीले जानकारी दिएको छ।