Gorkha Sansar

भोजपुरमा एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार

भोजपुरमा एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। मंगलबार बिहान सेनाको एन ए–०५५ कलसाइन भएको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
रामप्रसादराई गाउँपालिका–१ ओख्रेकी ३९ वर्षीया निर्मला राई स्थानीय स्वास्थ्य चौकीमा प्रसूति भएकी थिइन्। तर प्रसूतिपछि नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो।

स्थानीय स्वास्थ्यकर्मीका अनुसार प्राथमिक उपचारपछि पनि शिशुको अवस्था जटिल बनेपछि तत्काल उद्धार आवश्यक भएको बताइएको छ। सेनाको हेलिकप्टरले बिहानै उद्धार गरेर बिरामीलाई सुरक्षित रूपमा प्रतिष्ठान पुर्याइएको हो।
यसअघि पनि दुर्गम जिल्लामा आकस्मिक अवस्थामा सेनाको हेलिकप्टरमार्फत उद्धार हुने क्रम बढ्दो छ। ग्रामीण क्षेत्रमा तत्कालीन स्वास्थ्य सुविधा अभावले गर्दा यस्ता उद्धारले जनताको जीवन बचाउन सहयोग पुर्याउँदै आएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.