Gorkha Sansar

८औ जुन तारा रनिङशिल कप तथा साँस्कृतिक कार्यक्रम २०८२ गाउँ स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिवार देखी सुरु

असोज ११, २०८२ शनिवार
बन्दिपुर : बन्दिपुर गाउँपालिका वडा न: ०२ हल्थुम्कामा
८औं जुन तारा रनिङशिल कप तथा साँस्कृतिक कार्यक्रम २०८२ गाउँ स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । खेलको प्रमुख अतिथि बन्दिपुर गाउँपालिकाकि उपाध्यक्ष पन्च माया गुरुङले बल हस्तान्तरण गरेर खेल उद्धघाटन गरिन । अतिथिहरु बन्दिपुर भ्रमण बर्ष २०२५का संयोजक बैस गुरुङ, उद्योग वाणिज्य संघ बन्दिपुर ईकाइ का घनश्याम उपाध्याय त्यसै गरि बन्दिपुर तमु समाजका सचिव खड्ग ब. गुरुङ्ग को उपस्थित रहेको थियोे ।
आजको पहिलो उद्घाटन खेलमा जुन तारा युवा क्लब आयोजक र सेराटार युवा क्लब बीच भएको खेलमा जुन तारा युवालाई २-०को सेटले हराउदै सेराटार युवा क्लब बिजय भएको छ ।कार्यक्रमअन्तर्गत पुरुष तथा महिला भलिबल प्रतियोगिता हुनेछन् । पुरुषतर्फ पहिलो हुने टोलीलाई नगद ८० हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टोलीले ३० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष भलिबल प्रतियोगिताको लागी टिम दर्ता शुल्क ७ हजार ,महिलातर्फ टिम दर्ता शुल्क १ हजार प्रौढ भलिबलको लागि टिम दर्ता१ हजार रहेको छ
महिलातर्फको विजेता टोलीले नगद २० हजारसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले टिमअनुसारको पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, ४० वर्षभन्दा माथिका प्रौढ भलिबल प्रतियोगिताका विजेताले नगद १० हजारसहित प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ
प्रतियोगितामा उत्कृष्ट खेलाडी ,सेटर ,स्पाकर ,लिब्रो मिडल ब्लकर लागि उचित पुरस्कारको ब्यबस्था गरिएको छ ।
चुट्का प्रतियोगिता लागी प्रथम पुरस्कार नगत रु.१० हजार दोस्रो पुरस्कार टिम अनुसार हुने छ ।साथै चुट्का प्रतियोगिता फुलपातिको दिन साझ हुने छ । साथै ५जना भन्दा माथी भएको खण्डमा गुरुङ पोसाक अनिवार्य गरिने छ ।
सांस्कृतिक प्रस्तुतीलाई समेत विशेष सम्मान गरिने छ । साथै प्रतियोगितामा तीन जनासम्म राष्ट्रिय स्तरका खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको क्लबका अध्यक्ष आशलाल गुरुङले जानकारी दिएको छ

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.