Gorkha Sansar

एसओ एस बालग्राम गण्डकीको आयोजनामा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पालुङटार, गोर्खा
असोज ९ गते
गोरखाको पालुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्ली बिरुवाटारमा एसओएस बालग्राम गण्डकीले आज आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
पालुङटार नगरपालिका वडा नम्बर ७ कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष अर्जुनबहादुर कुमाल, एसओएस बालग्राम गण्डकीका कार्यक्रम अधिकृत प्रकाश भुसाल, च्याङ्ली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष एवं गोर्खा संसार मिडिया प्रा.लि. तथा रेडियो बन्दीपुरका सञ्चालक डाक्टर रविन्द्र कडेल, एसओएस बालग्राम गण्डकीका सामुदायिक परिचालक सन्तोष परियार लगायतकाले आफ्ना भनाइहरु राखेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष कुमालले SOS बाट प्राप्त सहयोगलाई सही रुपमा सदुपयोग गर्न र बालबालिकाहरूको पठनपाठन स्तरमा विशेष ध्यान दिन आग्रह समेत गर्नुभएको थियो। एसओएस बालग्राम पोखराद्वारा सहयोग गरिएका १९ परिवारसहित वडा नम्बर ७ का महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था का प्रतिनिधि, स्थानीय बुद्धिजीवीहरु लगायतका को उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा अस्थायी प्रहरी पोस्ट बिरुवाटार का इन्चार्ज थानेश्वर खनालले आत्महत्या न्यूनीकरण सम्बन्धी प्रस्तुतिकरण प्रदान गर्नुभएको थियो।


प्रस्तुतिकरणका क्रममा आत्महत्याका कारण तथा रोकथामका उपायहरूका बारेमा जानकारी गराइएको थियो।
एसओएस बालग्राम गण्डकीले परिवार सबलीकरण लगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ। पालुङटार नगरपालिकाभित्र ५१ परिवारमा परिवार सबलीकरण कार्यक्रम अन्तर्गत काम गर्दै आइरहेको छ।

कार्यक्रममा  पालुङटार नगरपालिका वडा नम्बर ७ को कार्यालय, अस्थायी प्रहरी पोस्ट बिरुवाटार, च्याङ्ली सामुदायिक सिकाई केन्द्र तथा गोर्खा संसार मिडिया प्रालीले समेत सहकार्य रहेको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.