असोज ९ गते, पालुङटार गोर्खा
गोरखाको पालुङटार नगरपालिका वडा नं ७ च्याङ्ली बिरुवाटार निवासी मनबहादुर तामाङको दुवै मृगौला फेल भई लामो समयदेखि डायलासिस गरिरहनु भएको र मिर्गौला प्रत्यारोपणको लागि समेत रकम जम्मा गर्नुपर्ने तर उहाँको आर्थिक अवस्था बिस्तारै कमजोर हुँदै गएको हुँदा उहाँलाई सहयोग स्वरूप उहाँ बसोबास गरिरहेको बिरुवाटार स्थित चार कुने टोलविकास संस्था को विशेष पहलमा आर्थिक अभियान संकलन सुरु गरिएको छ। उहाँ करिब तीन वर्षदेखि निरन्तर रुपमा दुवै मृगौलाको डायलासिस गर्दै आइरहनुभएको छ। यसै क्रममा सानो सहयोगले उहाँको जीवन सहज हुन सक्छ भन्ने सेवाको मूल भावना अनुरुप चारकुने टोल विकास संस्था मार्फत सुरु गरिएको अभियानमा च्याङ्ली सामुदायिक सिकाई केन्द्र पनि जोडिएको छ। सेवा नै मूल धर्म हो, विपत्ति जसलाई पनि आइपर्न सक्छ, यस्तो समयमा सेवा गर्न सक्नु नै मूल धर्म हो भन्ने मुख्य भावना अनुरूप आर्थिक अभियान संकलन सुरुवात गरिएको परियारले जानकारी दिनुभएको छ। भर्खरै सुरु गरिएको आर्थिक संकलन अभियान कार्यक्रममा चारकुने टोल विकास संस्थाले आजै ३२ हजार १५ रुपैयाँ रकम जम्मा गरी हस्तान्तरण गरेको छ। च्याङ्ली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष डाक्टर रविन्द्र कडेलले अभियानलाई निरन्तरता दिने र विदेशमा रहनुभएका महानुभावहरूसँग पनि सहयोगको लागि अपिल गर्ने बताउनुभयो। । टोल विकास संस्थाद्वारा सुरुवात गरिएको मनबहादुर बचाउ अभियानमा सहयोग गरेर जोडिन र पुण्य लाभ गर्न चाहनुहुन्छ भने उहाँको खाता नम्बरमा रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुनेछ।
साथै सहयोगीहरूले टोल विकास संस्था वा सामुदायिक सिकाई केन्द्रसँग सम्पर्क गरेर यहाँले बैंकमा जम्मा गर्नुभएको भौचर पठाउनुभयो भने सहयोगीहरूको नाम च्याङ्ली सामुदायिक सिकाई केन्द्रको फेसबुक पेज र गोर्खा संसार मिडिया प्रालीको फेसबुक पेजबाट पनि सार्वजनिक गर्ने बताइएको छ।
उहाँको जीवन बचाउनको लागि आफूले सक्दो सहयोग गरिदिनुहुन टोल विकास संस्था र सिकाई केन्द्रले सबैसँग हार्दिक अपिल गरेको छ।
उहाँको सहयोगका लागि सम्पर्क गर्न चाहनुहुने महानुभावहरुले निम्नअनुसारको व्यक्तिहरूसँग सम्पर्क गर्न सक्ने बताइएको छ
मनबहादुर तामाङ (विेरामी)
सम्पर्क नम्बर: ९८१७११६३६३
बैंक खाता नम्बर:११९०८०१००६९८६३ global ime bank
थप जानकारीका लागि सम्पर्क:
सम्पर्क नम्बर: ९८१४१४३१३८ शोभा तामाङ ( श्रीमती)
विकास बाबु परियार (अध्यक्ष, चारकुने टोल विकास संस्था): 9866356404
डा. रविन्द्र कडेल (अध्यक्ष, च्याङ्ली सामुदायिक सिकाई केन्द्र) 9804134620