गोरखा संसार
विद्यमान अवस्थामा जेन्जी आन्दोलनबाट देशमा एउटा परिवर्तन देखा परेको छ। जेन्जी आन्दोलनको परिणाम सँगसँगै विभिन्न राजनीतिक दलहरूमा पनि उथलपुथल हुने सम्भावना देखिएको छ। यसै क्रममा डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति पार्टीका संघीय परिषद सचिव रहनुभएका महेन्द्र श्रेष्ठले पनि पार्टी परित्याग घोषणा गर्नुभएको छ।
श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलन बाट भएको परिवर्तन को सराहना गर्दै विद्यमान राजनीतिक पार्टीहरूमा विकृति विसङ्गति सहित नातावाद कृपावाद हाबी भइरहेको अवस्थामा राजनीतिक दलमा रहेर काम गरिरहनु को कुनै औचित्य नरहेको उहाँको निष्कर्ष रहेको छ। वक्तव्यमा उहाँले अहिलेको परिस्थितिमा भएको यस्तो परिवर्तन पछि देखिएको महान सम्भावना तथा सकारात्मक पाटोहरूलाई मूल्याङ्कन गर्न नसक्ने हो भने मुलुक नै पछि पर्न सक्ने निष्कर्ष निकाल्नु भएको छ। अहिलेको अवस्थामा देशमा व्याप्त रहेको भ्रष्टाचार नातावाद कृपावाद जस्ता कुरीतिहरूलाई छाडेर राजनीतिक पुनरसंरचना गर्नुपर्ने अवस्था देखा पर्दा समेत नेताहरूले विभिन्न प्रकारका बहानामा पुरानै प्रवृत्ति देखाउने हो भने देशमा कुनै पनि परिवर्तन गर्न नसकिने ठहरसहित आफूले एक दशकदेखि निरन्तर रुपमा काम गर्दै आएको पार्टीको साधारण सदस्य समेत नरहने गरी आफू स्वतन्त्र रहेको सो घोषणा गर्नुभएको छ। साथै आगामी दिनहरुमा अग्रजहरूको सम्मान गर्दै उहाँहरूबाट ज्ञान सीप लिँदै इमान्दार नव युवाहरूसँग हातेमालो गरी सक्दो योगदान पुर्याउने प्रतिबद्धता समेत जनाउनुभएको छ।