सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री

काठमाडौं — जेन–जी विद्रोहको राजनीतिक हलचलपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ। पहिलो महिला प्रधानन्यायाधीशको रूपमा इतिहास रचेकी कार्कीले अब पहिलो महिला कार्यकारी प्रमुखको रूपमा पनि अर्को अध्याय सुरु गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारै उनको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै आगामी २१ फागुनमा नयाँ निर्वाचन गर्ने मिति तोकेका छन्। कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ।