Gorkha Sansar

कोलम्बियामा सैन्य विद्यालय लक्षित आक्रमण, ५ मृतक र ३६ घाइते

क्याली,  ०६ भदौ । कोलम्बियाको क्याली सहरमा भएको कार बम आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार विस्फोट मार्को फिडेल सुआरेज मिलिटरी एभिएसन स्कुललाई लक्षित गरेर गराइएको हो । विस्फोटका कारण वरपरका धेरै भवनमा क्षति पुगेको छ ।

क्यालीका मेयर अलेजान्ड्रो एडरले आक्रमणको निन्दा गर्दै घटनाका जिम्मेवारबारे जानकारी दिने व्यक्तिलाई ४० करोड डलर पुरस्कार दिने घोषणा गरेका छन् । उनले सुरक्षाका कारण धेरै भवन र विद्यालय खाली गर्न आदेश दिएका छन् भने सहरमा ठूला ट्रकहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

यसअघि बिहीबार उत्तरपश्चिमी सहर मेडेलिन नजिकैको ग्रामीण क्षेत्रमा प्रहरीले प्रयोग गरेको हेलिकप्टरमाथि आक्रमण हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.