काठमाडौं, २९ साउन । भारतको जम्मू कश्मीरको किश्तवाड जिल्लामा बुधबार बिहान बादल फाटेर भएको भीषण वर्षा (क्लाउडबर्स्ट)का कारण कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
इन्डिया टुडेको रिपोर्ट अनुसार, यो घटना किश्तवाडको चाशोटी क्षेत्रमा, हिमालयतर्फ माता चण्डीको मन्दिर जानु अघि पर्ने प्रस्थानबिन्दुमा भएको हो । स्थानीय प्रशासनका अनुसार, घटनास्थलमा अझ ठूलो जनधनको क्षतिको आशंका गरिएको छ ।
संघीय मन्त्री जितेन्द्र सिंहले श्राइन नजिकको चोसिटी क्षेत्रमा भएको क्लाउडबर्स्टले ठूलो विनाश मच्चाउन सक्ने चेतावनी दिएका छन्। उनले उद्धारका लागि प्रशासन सक्रिय भइसकेको र राहत टोलीहरू तत्काल घटनास्थलतर्फ पठाइएको जानकारी दिएका छन् ।
जम्मू कश्मीरका उप–राज्यपाल कार्यालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घटनाको पुष्टि गर्दै पीडित परिवारप्रति संवेदना व्यक्त गरेको छ ।