Gorkha Sansar

रवि लामिछाने रहेका कारागारको अनुगमन गर्न मानव अधिकार आयोगको टोली भैरहवा पुगे

काठमाडौं, २६ साउन । पूर्वगृहमन्त्री रवि लामिछाने रहेका कारागारको अवस्था अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली भैरहवा पुगेको छ । आयोग सदस्य लिली थापा र इन्सेकका प्रतिनिधिसहितको टोलीले कारागारको अनुगमन थालेको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । लामिछानेको बसाइ व्यवस्थापन सम्बन्धी समस्या उठेपछि मानव अधिकार आयोगले तत्काल अनुगमनको निर्णय गरेको हो । टोलीले कारागारको अवस्था नजिकबाट जाँच गर्दै छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.