Gorkha Sansar

मोरङबाट फरार लागुऔषध मुद्दाका थुनुवा झापामा पक्राउ

विराटनगर, २४ साउन । मोरङको उर्लाबारीबाट शनिबार बिहान अस्पतालबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा झापामा पक्राउ परेका छन् ।

झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बूलाई झापा गाउँपालिका–५ मेचे टोलबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

लिम्बूलाई अचानक पेट दुखेपछि शुक्रबार राति ११:३० बजे मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शनिबार बिहान ३:१५ बजे अस्पतालको झ्यालबाट हामफालेर भागेका थिए ।

फरार भएपछि झापा प्रहरीसँग समन्वय गरी मोरङ र उर्लाबारीबाट प्रहरी टोली परिचालन गरिएको थियो। टेम्पोमार्फत भारततर्फ भाग्न खोज्दा दिउँसो २:३० बजे पक्राउ गरिएको हो ।

लिम्बूलाई साउन २१ गते लागुऔषध मुद्दामा पक्राउ गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनी अन्य दुई पक्राउ परेकासँग जोडिएको पाइएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.