धरान, २३ साउन अविरल वर्षासँगै आएको पहिरोले सुनसरीको धरान उपमहानगरपालिका–३ हृदयेन्द्र मार्गमा रहेको स्थानीय छजुङ भोटेको घरमा क्षति पुर्याएको छ ।
स्थानीयका अनुसार लगातारको वर्षापछि घरको माथिल्लो भागबाट माटो र ढुंगासहितको पहिरो बग्दा घरको पछिल्लो भागमा ठूलो क्षति पुगेको हो । घटना भएको बेला घरभित्रका सदस्यहरू सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको जनाइएको छ ।
पहिरोका कारण वरिपरिको बाटो पनि आंशिक अवरुद्ध भएको छ । स्थानीय बासिन्दा र टोल विकास समितिको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।
धरानमा पछिल्ला दिनहरूमा निरन्तर वर्षा भइरहेकाले पहिरो र बाढीको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको छ ।