Gorkha Sansar

किरा, बाँदरपछि हावाहुरीको मार, भोजपुरमा मकैखेती संकटमा

भोजपुर, २१ साउन । अविरल वर्षासँगै आएको हावाहुरीले भोजपुरमा पाक्न लागेको मकैबालीमा ठूलो क्षति पुर्‍याएपछि किसान गहिरो चिन्तामा परेका छन् ।

भर्खरै दाना भरिन थालेको मकैबाली लडेपछि अब पशुचौपाया खुवाउने बाहेक अरु विकल्प नभएको किसानको भनाइ छ । भोजपुर नगरपालिका–५ की कृषक कमला थापाले भनिन्, रोग र किराबाट बचाएको मकै पाक्नै लाग्दा हावाले सखाप बनायो ।”

कृषकहरूका अनुसार मकैबालीमा यसअघि फौजी किरा, बाँदरलगायत जङ्गली जनावरले पनि क्षति पुर्‍याउँदै आएका थिए । अब प्राकृतिक प्रकोपले झन् गम्भीर असर गरेको छ ।

दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यामशिला लगायत जिल्लाका विभिन्न स्थानमा हावाहुरीले मकैबाली लडाएको छ ।

भोजपुरमा धानपछिको दोस्रो प्रमुख खाद्य बाली मकै हो। तर, प्रत्येक वर्ष कीरा, जनावर, र प्राकृतिक विपत्तिको मार खेप्ने मकैखेती उत्पादनमा गिरावट आइरहेको किसानहरू बताउँछन् । जिल्लाका सबै नौवटा स्थानीय तहमा मकैखेती हुने भए पनि लगातारको क्षतिको कारण कृषक निराश छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.