झापा, २१ साउन २०८२ — झापाको गौरादह नगरपालिका–४ जोरघरेमा खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार ५४ वर्षीया चन्द्रमाया नेम्वाङको गएराति मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।
करेन्ट लागेर लडिरहेकी आमालाई छोरा सुशील नेम्वाङले देखेपछि गाउँलेलाई खबर गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।
यसअघि पनि झापाको बुद्धशान्तिमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको थियो ।