Gorkha Sansar

चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु, अनुसन्धान सुरु

चितवन, २० साउन — माडी नगरपालिका–२ भैरवपुरस्थित धानबारीमा करेन्ट लागेर करिब २० वर्षको भाले गैँडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९:३० बजे गैँडा मृत अवस्थामा फेला परेको हो ।

उनका अनुसार गैँडाको खाग र खुर सुरक्षित छन् । धानबारीमा कसले र किन विद्युतीय करेन्ट प्रवाह गरेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.