काठमाडौं, १९ साउन । कक्षा १२ को परीक्षाफल आज साँझ सार्वजनिक हुने भएको छ । हाल परीक्षा नियन्त्रण कार्यालयमा नतिजा प्रकाशनको अन्तिम तयारीसहित बैठक बसिरहेको छ ।
२१ वैशाखदेखि सञ्चालन भएको परीक्षामा करिब ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए । परीक्षाफल सार्वजनिकको तयारी भइरहेका बेला नतिजा कसरी हेर्ने भन्ने विषयमा परीक्षार्थी, अभिभावक तथा सरोकारवालाबीच जिज्ञासा बढिरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा हेर्नका लागि विभिन्न माध्यम उपलब्ध छन्:
- वेबसाइटमार्फत:
- neb.gov.np
- gov.np
- https://neb.ntc.net.np (नेपाल टेलिकम)
- एसएमएसमार्फत:
- मोबाइलको म्यासेज बक्समा गएर NEB <space> Symbol No. टाइप गरी १६०० मा पठाउनुहोस्।
- आईभीआर सेवामार्फत:
- नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरी निर्देशनअनुसार नतिजा थाहा पाउन सकिन्छ।
- यूएसएसडी सेवामार्फत:
- मोबाइलबाट *१६०१# डायल गरी निर्देशनअनुसार जानकारी प्राप्त गर्न सकिन्छ।
विद्यार्थीहरूले नतिजा हेर्न सकिने माध्यमहरूमध्ये कुनै एक रोजी सहज रूपमा परीक्षाफल थाहा पाउन सक्नेछन् ।