Gorkha Sansar

मन्त्रीद्वारा खानेपानी आयोजनाको उद्घाटन

गोर्खा , २०८२ साउन १८ गते आइतबार

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ च्याङ्ली खत्रीटार स्थित झाँक्रीखोला धारापानी खत्रीटार खानेपानी आयोजनाको गण्डकी प्रदेश सरकारका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री माननीय मन्त्री फडिन्द्र देवकोटाद्वारा उद्घाटन गरिएको छ।

१८ गते आइतबारका दिन एक कार्यक्रमका बीच देवकोटाले प्रमुख अतिथिको रूपमा उक्त खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा बोल्दै उहाँले यस खानेपानी आयोजना लाई दीर्घकालीन रुपमा टिकाउनको लागि स्थानीयहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। त्यस्तैगरी यस क्षेत्रको विकासका लागि आफू हरदम प्रयासरत रहेको पनि बताउनुभयो।

खानेपानी आयोजनाका अध्यक्ष इन्द्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा पालुङटार नगरपालिकाका पूर्व नगर प्रमुख इन्जिनियर दिपक बाबु कडेल, खानेपानी संस्थानका विक्रमप्रसाद शाह, जिल्ला खानेपानी कार्यालय गोरखाका प्रमुख तुलसी बस्नेत लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा सदस्य एवं सोही खानेपानी आयोजनाका सदस्य खोपबहादुर थापाले गर्नुभएको थियो। सोही अवसरमा मन्त्रीद्वारा खानेपानी ट्यांकी निर्माण गर्नको लागि जग्गा प्रदान गर्नुहुने जग्गादाता खुट्टाबहादुर खत्रीलाई दोसल्ला र प्रमाणपत्र द्वारा सम्मान समेत गरिएको कार्यक्रम सञ्चालक सुमन खत्रीले जानकारी दिनुभयो ।

 

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.