Gorkha Sansar

हेटौंडा–काठमाडौं छोटो सडक पहिरोले अवरुद्ध, यातायात ठप्प

हेटौंडा, १८ साउन । हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलामा आइतबार दिउँसो करिब ४ बजे ठूलो पहिरो खस्दा हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने सडक खण्ड अवरुद्ध भएको हो ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार पहिरोका कारण सम्पर्क मार्ग पूर्ण रूपमा ठप्प भएको छ । हाल डोजरमार्फत पहिरो पन्छाउने कार्य भइरहेको छ ।

सडक सुचारु हुन केही समय लाग्ने अनुमान गरिएको छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.