Gorkha Sansar

करिब २७ करोड लगानीमा च्याङ्लीमा प्लाई उद्योग खुल्दै

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा करिब १० करोड लगानीमा प्लाई उद्योग खुल्ने भएको छ।

शुभलक्ष्मी प्लाई एण्ड भेनियर्स प्रा . लि . द्वारा पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीस्थित फलामे भन्ने स्थानमा प्लाई उद्योग सञ्चालन गर्न लागेको उद्योगका सञ्चालक सुरेश पोखरेलले बताउनुभयो । उहाँका अनुसार यस स्थानमा छिट्टै नै उद्योग सञ्चालनमा ल्याउने र उद्योगमा ३० देखि ४० जनालाई रोजगारी दिइने छ ।

उक्त स्थानमा करिब २१ रोपनी क्षेत्रफल जग्गा खरिद गरी निर्माण कार्य अगाडि बढिरहेको कम्पनीका सुपरभाइजर राजेश रौनियारले जानकारी दिनुभएको छ।

यस स्थानमा लाई उत्पादनको लागि आवश्यक पर्ने पिलिङ अर्थात् कोरको काम गरिने र उक्त कार्य गर्नको लागि दक्ष तथा अदक्ष गरी कामदारहरूलाई रोजगारी दिइने बताइएको छ।  कामदार उपलब्ध भएसम्म स्थानीयलाई रोजगारीको लागि प्राथमिकता दिने कम्पनीका सञ्चालक सुरेश पोखरेलले जानकारी दिनुभयो ।

हाल जग्गा खरिद गरी जग्गा सम्याउने र निर्माण कार्य गर्ने कामलाई अगाडि बढाइरहेको र असोज पहिलो सातादेखि नै उद्योग सञ्चालनमा ल्याउने तयारी गरिरहेको सञ्चालक पोखरेलले बताउनुभएको छ।

उद्योग सञ्चालन हुने र त्यसबाट स्थानीयले रोजगारी समेत प्राप्त गर्ने भएपछि स्थानीयहरू खुसी भएका छन् । यसरी नै गाउँ गाउँमा सानातिना उद्योग सञ्चालन गर्ने र रोजगारीको वातावरण सिर्जना गर्ने हो भने बेरोजगार भएर विदेश पलायन हुनेहरु लाई रोक्न केही हदसम्म टेवा पुग्नेछ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.