Gorkha Sansar

रास्वपाको नयाँ पहल ‘खुल्ला आँगन’ : हरेक शुक्रबार नागरिकसँग प्रत्यक्ष संवाद

काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, सुझाव र जिज्ञासाहरू प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘खुल्ला आँगन’ नामक साप्ताहिक संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीले हरेक शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ६:३० बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा ‘खुल्ला आँगन’ आयोजना गर्ने जनाएको छ । पहिलो कार्यक्रम साउन १६ गते सुरु हुनेछ ।

रास्वपाका प्रवक्ता मनिष झाले जनतासँग नजिकिने, उनीहरूका कुरा सुन्ने, उत्तरदायी बन्ने र सहभागितामूलक लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने लक्ष्यसहित कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

‘खुल्ला आँगन’ कार्यक्रम सबैका लागि खुला रहनेछ र कुनै निश्चित एजेन्डा तय नहुने बताइएको छ, जसले सहभागीलाई स्वतन्त्र रूपमा आफ्ना कुरा राख्न अवसर दिनेछ ।

कार्यक्रममा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय सदस्य, सांसद तथा विषयगत विज्ञहरूको उपस्थिति रहनेछ भने फेसबुक र युट्युबमार्फत प्रत्यक्ष प्रसारणसमेत गरिनेछ ।

रास्वपाले यो पहललाई मात्र कार्यक्रम नभई आम नागरिकको आवाजमा आधारित जवाफदेहिताको राजनीतिक संस्कारको आरम्भको रूपमा लिएको जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.