Gorkha Sansar

काठमाडौंमा बंगाली नागरिकको हत्या, अभियुक्त गोंगबुबाट पक्राउ

काठमाडौं, १४ साउन । राजधानी काठमाडौंमा एक बंगाली नागरिकको हत्या भएको छ । हत्या आरोपमा एकजना नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार हत्या आरोपमा ४२ वर्षीय श्याम कालिकोटे पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीको संयुक्त टोलीले गोंगबु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

हत्या भएका व्यक्ति ५५ वर्षीय सुब्रत पाल हुन्, जो सुनसम्बन्धी काम गर्दै आएका थिए । उनी र अभियुक्त श्याम कालिकोटे एउटै घरमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार घटना मध्यराततिर भएको अनुमान गरिएको छ । हत्या गरेपछि कालिकोटे फरार भएका थिए । हाल प्रहरी वृत्त जनसेवाले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.