पोखरा, १३ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट केही दिनअघि सम्पर्कविहीन बनेका उर्मिला हायूसहितको परिवार कास्कीको पोखरा महानगरपालिका–३०, गगनगौडामा फेला परेको छ । उनीहरूलाई सोमबार (साउन १२ गते) साँझ सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएको हो।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार हायू परिवारलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको छ। धनबहादुर हराएका मध्येकी कमला हायूका पति हुन् ।
पोखरा महानगर–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो ।
प्रहरीका अनुसार, उनीहरूले बेलाबेलामा बिरामी हुने समस्या रहेको र धामीको सल्लाहमा छेत्पाबाट निस्किएको बताएका छन् ।