Gorkha Sansar

पतञ्जली जग्गा प्रकरण: माधव नेपाललाई अदालतबाट झट्का, वारेस राख्न नपाउने

काठमाडौं ।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेकपा (एस) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले वारेस राख्ने अनुमति अस्वीकार गरेको छ ।

नेपालले आफूलाई राजनीतिक गतिविधिमा सक्रिय रहनुपर्ने कारण देखाउँदै मुद्दामा वारेस राख्ने अनुमति मागेका थिए । तर सोमबार विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राईमुरारीबाबु श्रेष्ठको इजलासले सो अनुरोध अस्वीकार गरेको हो ।

अदालतले भनेको छ, “तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने गम्भीर आरोप लागेको हुँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५(१)(क) अनुसार वारेस राख्ने सुविधा दिन मिल्दैन ।”

नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता गोविन्द शर्मा (बन्दी) सहित १३ जना कानुन व्यवसायीले अदालतमा बहस गरेका थिए । तर अदालतले कानुनी प्रावधान देखाउँदै वारेस नियुक्तिको मागलाई खारेज गर्‍यो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.