Gorkha Sansar

तनहुँकाे भानु नगरपालिका स्थित साजबोटेमा मन्टेश्वरी खुल्याे

श्रावण ८ , भानु
तनहुँकाे भानु नगरपालिका वडा नं १ काे साजबाेटेमा पूर्व प्राथमिक मन्टेश्वरी स्कुल खुलेकाे छ ।
चालू शैक्षिक शत्र २०८२ बाट भानु संस्कार मन्टेश्वरी स्कुल खुलेकाे हाे । प्ले ग्रुप देखि कक्षा ३ सम्मकाे भानु नगरपालिकाबाट अनुमती लिई कक्षा संचालन गरिएकाे संचालक एवं स्कूलकी प्रिन्सिपल निशा कँडेलले जानकारी दिनुभयाे । उहाँका अनुसार २ राेपनी भन्दा बढी क्षेत्रफलमा रहेकाे स्कुल १५ दिन अघि देखि मात्रै पूर्णरूपमा संचालनमा आएकाे हाे । हाल स्कूलमा १५ जना बालबालिका भर्ना हुनु भएकाे कँडेलले बताउनु भयाे ।
उक्त स्कूलमा हाललाई २ वर्ष देखि युकेजी उमेर समूह भएका बालबालिकाकाे भर्ना गर्न सकिने स्कूलले जनाएकाे छ । स्कूलमा बालमैत्री वातावरण भएकाे , कक्षाकाेठा र शाैचालय पनि बालमैत्री भएकाे , पर्याप्त खेल्ने चाैर, खेल सामग्री , मायालु वातावरणमा सिकाईने, दक्ष एवं अनुभवी तथा मन्टेश्वरी तालिम प्राप्त शिक्षक, पाेषणयुक्त खाना र खाजाकाे ब्यवस्था गरिएकाे छ ।
तनहुँ लमजुङ र गाेर्खाकाे केन्द्र र डुम्रे भन्सार नयाँ शहर आयाेजनाकाे क्षेत्रमा दैनिक रुपमा बस्ती बिस्तार भएकाे र यश आसपासका क्षेत्रमा कार्यरत कर्मचारीहरूकाे बालबालिकाहरुका लागि सुबिधाकाे लागि समेत ध्यानमा राखी भानु सँस्कार मन्टेश्वरी स्कुल संचालन गरिएकाे स्कुल संचालकले बताउँछन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.