काठमाडौं, ५ साउन ।
नेपाली कांग्रेसका सात जना पूर्व पदाधिकारीहरू आज पुनः एकपटक छलफलमा जुट्दैछन् । पार्टीको आगामी महाधिवेशन र संगठनभित्रको भूमिकाबारे विशेष रणनीति बनाउने उद्देश्यसहित उनीहरूको बैठक बस्न लागेको हो ।
उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको संयोजनमा सोमबार दिउँसो २ बजे चाक्सीबारीस्थित उनको निवासमा बैठक तय गरिएको छ।
यो बैठक उनीहरूको विगतदेखि चलिरहेको निरन्तर संवादको अर्को श्रृंखला हो । बैठकमा पूर्व पदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत सहभागी हुनेछन् ।
स्रोतका अनुसार, सातै नेताले सातै प्रदेशमा अन्तक्रिया कार्यक्रम गर्ने तयारी गरिरहेका छन् । आजको बैठकमा उक्त अन्तक्रियाको स्वरूप, मिति र कार्यविधि तय गरिनेछ।
यस समूहले पार्टीभित्र अलग राजनीतिक धार निर्माण गर्ने संकेत दिँदै आएको छ । पार्टीको नेतृत्व र संगठन सुधारका विषयमा प्रभावशाली उपस्थितिका साथ अघि बढ्ने संकेत यो समूहले दिएका छन् ।
________________________________________
थप विवरण आउन बाँकी छ।
कांग्रेसका सात पूर्व नेताहरूको बैठक बस्दै, पार्टीको भविष्यबारे चासो बढ्दै
