गोरखा, साउन १ गते
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै घरमा १८ वर्षका युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।
पालुङटार नगरपालिकाको वडा नम्बर ७ च्याङ्लीस्थित माझी गाउँ घर भएका १८ वर्षका अनिश कुमाल (धुर्व) ले गएराती आफ्नै घरको सुत्ने कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको जनाइएको छ । आज राति करिब १० बजेतिर घरको कोठाभित्र झुन्डिएको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै रातिमा नै प्रहरी पुगेर सुरक्षा दिएको र आज बिहान पोस्टमार्टमको लागि पालुङटार नगरपालिकाको सबवाहन प्रयोग गरी जिल्ला पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस क्षेत्रमा हरेक वर्ष आत्महत्याको घटना बढिरहेको पाइएको हुँदा आत्महत्या न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरू गर्न आवश्यक देखिएको छ।