Gorkha Sansar

भानु नगरपालिकाको वार्षिक याेजना तथा कार्यक्रम स्वीकृत

डिपि अधिकारी / भानु, तनहुँ
       तनहुँकाे भानु नगरपालिकाको वार्षिक याेजना तथा कार्यक्रम स्वीकृत गरेकाे छ । नगरपालिकाकाे १६ औं अधिवेशनकाे तेस्रो बैठकले आर्थिक वर्ष २०८२/०८३ काे लागि नगरपालिकाले ९२ कराेड ४ लाख ३ हजर ७ सय १५ रुपैयाँको वार्षिक याेजना तथा कार्यक्रम स्वीकृत गरिएकाे भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारीले जानकारी दिनुभयाे ।Bhanu
   नगरपालिकाले सबैभन्दा बढी प्राथमिकता पूर्वाधार र शिक्षा क्षेत्रलाई दिएकाे छ । पूर्वाधार तर्फ नगर स्तरीय क्रमागत ४ कराेड ४३ लाख ८२ हजार ४ सय ४५ रुपैंया, वडागत तथा नगर उप-प्रमुख कार्यक्रममा ७ कराेड ७० लाख ,  शिक्षा, युवा तथा खेलकूद  शाखाका लागि ३ कराेड ३३ लाखकाे बजेट तथा कार्यक्रम स्वीकृत गरेकाे छ ।  स्वास्थ्य क्षेत्रका लागि ८५ लाख, सामाजिक बिकास शाखाकाे लागि ५० लाख, पशुपंक्षी तथा मत्स्य विकास शाखाकाे लागि ४५ लाख, कृषि शाखाकाे लागि ३० लाख, न्यायीक शाखाकाे लागि १८ लाख ४ हजार रुपैयाँको बजेट तथा कार्यक्रम स्वीकृत गरेकाे उप- प्रमुख उमा गाेतामेले बताउनु भयाे ।
     त्यसैगरी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ काे असार३१ सम्ममा  २ कराेड २७ लाख १० हजार ४ सय ४१ रुपैयाँ राजश्व संकलन गरिएकाे वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डेले जानकारी दिनुभयाे । नगरपालिकाका नागरिकको आवश्यकताकाे आधारमा साथै नगरबासीकाे स्वास्थ्य , शिक्षा, कृषि तथा पशुपालन  , धार्मिक , साँस्कृतिक , पर्यटन लगाएतका क्षेत्रलाई समेत महत्त्व दिएर बजेट विनियोजन गरिएकाे नगर प्रमुख आनन्दराज त्रिपाठीले बताउनु भयाे । साथै उहाँले भानु नगरपालिकाकाे वडा नं २ काे केन्द्र नारेश्वरटारमा कायम गर्ने, वडा नं १ र ५ काे विषयमा छिट्टै सहमति हुने र नगरपालिकाकाे केन्द्रकाे टुँगाे पनि छिटोभन्दा छिटाे टुङ्याउने गरि छलफललाई तिब्र पारिएकाे पनि नगर सभामा जानकारी दिनुभएकाे छ ।
  यसैबीच नगरपालिकाका ४ जना कर्मचारी सम्मानित भएका छन् । नगरपालिकाका गतिविधिमा उत्कृष्ट कार्य गरे वापत उनीहरु सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा शिक्षा, युवा तथा खेलकूद शाखाकी सरस्वती गुरुङ ढकाल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक शुभाष रेग्मी ,  वडा नं ११ का वडा सचिव मदन घर्ती  र सवारी चालक सुशील सार्की सम्मानित हुनु भएकाे हाे ।
 उहाँहरुलाई १६ औं नगरसभाकाे तेस्रो बैठकमा सम्मानित
  गरिएकाे नगरपालिकाले जनाएको छ ।
 सुशासन समितिले विविध मापदण्ड एवम् छनौट प्रणालीको विधि बामोज़िम नगरपालिकाका उत्कृष्ट ४ कर्मचारीलाई सम्मान गर्न सिफारिस गरिएकाे समितिका अध्यक्ष एवं भानु ७ का वडा अध्यक्ष खुमबहादुर श्रेष्ठले जानकारी दिनुभयाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.