तनहुँकाे बन्दिपुर मा बन्दीपुर हिलद्वारा सञ्चालित मन्दिर केवलकार ले ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको छ।
बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) का लागि धितोपत्र बोर्ड नेपालबाट औपचारिक स्वीकृति पाएको हो।
कम्पनीले आइपिओ निष्कासनको अनुमति पाएसँगै
कम्पनीले कुल जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँमध्ये ५८ लाख ६० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कुल पुँजीको २०.७६७ प्रतिशत सेयर निष्कासन गरिएको बन्दीपुर केवलकार प्रा .ली.ले जनाएको छ।। बाँकी ७९.२९ प्रतिशत शेयर प्रवर्द्धक समूहको स्वामित्वमा रहनेछ।
आइपिओ व्यवस्थापनका लागि नेपाल एस.बी .आई . मर्चेन्ट बैंकिङ लिमिटेड म्यानेजरको रूपमा नियुक्त गरिएको छ। बन्दीपुरको पर्यटन विकास का साथै धार्मिक विकासमा समेत योगदान पुग्ने गरी सञ्चालन गरिएको केवलकारले यस क्षेत्रमा राम्रै चहलपहल गरिरहेको छ।केवलकार सँगसँगै विभिन्न साहसिक खेल रोप साइकलिङ पनि रहेको छ भने सुविधा सम्पन्न होटलको परिकल्पना सहित निर्माणको कार्य पनि लगभग अन्तिम चरणमा पुर्याएको छ।