Gorkha Sansar

धार्चेमा आईटी फोकल शिक्षकहरुको लागि ३ दिने क्षमता बिकास तालिम शुरू

गोरखा, २ असार

गोरखाको धार्चे गाउँपालिकामा असार २ गतेदेखि आईटी फोकल शिक्षकहरुको लागि ३ दिने क्षमता बिकास तालिम शुरू भएको छ ।

धार्चे गाउँपालिका अन्तर्गत शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा माछिखोलास्थित होटल हिलटपमा सञ्चालन भइरहेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरूङले प्रमुख अतिथिको रूपमा बोल्दै शिक्षकहरू जागरूक भइ सिकेका कुरालाइ व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । पालिकाको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारको अध्यक्षतामा सम्पन्न भएको उदघाटन समारोहमा शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख पुष्पराज जोशी, तालिम प्रशिक्षक डा.रविन्द्र कंडेल लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्राविधिक सहायक श्याम कुमार मण्डलले गर्नुभएको थियो ।

३ दिन सम्म चल्ने तालिममा पालिका भित्र सञ्चालित विभिन्न विद्यालयहरुबाट २० जना शिक्षकहरुको सहभागिता रहेको छ । तालिमले ३ दिनमा शिक्षकहरुको शिक्षण सिपलाई आधुनिक सुचना तथा सञ्चार प्रविधिको प्रयोगले अझै प्रभावकारि बनाउने विश्वास लिइएको छ । तालिमको सहजीकरण डा. रविन्द्र कंडेलले गरिरहनुभएको छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.