Gorkha Sansar

गहनाको लोभमा मोरङको ग्रामथानमा वृद्धाको हत्या

मोरङ मोरङको ग्रामथान गाउँपालिकामा एक वृद्धाको हत्या भएको अवस्थामा आइतबार दिउँसो शव फेला परेको छ ।

मोरङ–सुनसरी सिँचाइ आयोजनाको नहरमा मृत अवस्थामा ग्रामथान गाउँपालिका ७ की ८९ वर्षीया तिलमाया खड्काको शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । उक्त अनुसन्धानबाट वृद्धाको हत्या छिमेकीले नै गरेको हुनसक्ने   प्रहरीले आशंखा गरेको छ ।

हत्या गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका ६ का ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गरेको छ । उनको शव रामजानकी मन्दिरको छेउको नहरमा घोप्टिएको अवस्थामा भेटिएको छ ।

अपरधिक आशंखामा इलाका प्रहरी कार्यालय हरैचाका प्रमुख सइ निरज खड्का ,इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख निरीक्षक कृष्ण बहादुर खत्री,ससस्त्र प्रहरीको टोली र जनप्रतिनिधिकोहरू घटन स्थल गएका थिय ।

प्रहरीले आरोपित सीताको घरमा खानतलासी गरेको थियो । मृतक खड्काले लगाएको सुनको गहना आरोपित सीताको घरमा फेला परेकोहुनाले गहनाको लोभमा हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।

थप समाचार

  • नेपाल ऐन संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित

  • एभरेष्टमा इन्जिनियरिङ नेतृत्वमा छलफल

  • निजामती विधेयक पारितः२बर्ष कुलिङ समय

  • आजकाे माैसम

  • उर्लाबारीका एक हजार दुई सय ९७ जना महिला लाभान्वित

  • नेपालमै ५० वर्षलाई पुग्ने ग्यासको भण्डार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.