Gorkha Sansar

भानुमा शैक्षिक मेला सम्पन्न

२०८२/०२/२३ गते शुक्रवारको दिन भानु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी महोत्सव २०८२ सम्पन्न भएको छ ।प्रदर्शनीको भानु नगर प्रमुख श्री आनन्दराज त्रिपाठीले उदघाटन गर्नुभएको थियो । कार्यक्रम भानु शिक्षा अधिकृत सरस्वती गुरुङ ढकालले सञ्चालन गर्नुभएको भने यस कार्यक्रमको अध्यक्षता सामाजिक बिकास समितिका संयोजक तथा वडा-१० का अध्यक्षले गर्नुभएको थियो
प्रतियोगितामा भानु नगरपालिकाको सामुदायिक विद्यालय र संस्थागत बिध्यालयहरुको सहभागिता रहेको थियो । भानु नगरपालिकामा दोस्रो पटक आयोजना गरिएको यस प्रदर्शनी महोत्सवमा राखिएकासामग्रीको मूल्याङ्कन गर्नका लागि भानु नगरपालिकाले नजिकैका छिमेकी पालिकामा कार्यरत विषयगत शिक्षकहरुलाई विज्ञको रुपमा आमन्त्रण गराएको थियो ।
मूल्याङ्कनकर्ता विषय विज्ञहरुबाट गरिएको प्रतियोगिताको तहगत र विषयगत नतिजा यस प्रकार रहेको छ ।
(१) प्राथमिक तह तर्फको नतिजा
विषय – अङग्रेजी
प्रथम: चोक माबि भानु-१०
द्वितीय: बिध्या निकुन्ज भानु-१२
तृतीय: कालिका माबि भानु-९

बिषय: नेपाली
प्रथम: बिध्या निकुन्ज भानु-१२
द्वितीय: जनसहयोगी माबि भानु-१३
तृतीय: सरस्वती सदन माबि भानु-५

विषय: गणित
प्रथम: त्रिभुवन माबि भानु-११
द्वितीय: जनजागृती माबि भानु-३
तृतीय: राष्ट्रिय प्राबि भानु-११

विषय: विज्ञान
प्रथम: सत्यवती देवि आ.बि भानु-१
द्वितीय: कर्मदा माबि भानु-९
तृतीय: सरस्वति सदन माबि भानु-५ मैबल

विषय: सामाजिक
प्रथम: सरस्वती मन्दिर माबि भानु-१२ घलेछाप
द्वितीय: त्रिभुवन माबि भानु-११ मानेचौका
तृतीय: भानु संस्कृत माबि भानु-४

(२)निम्न माध्यमिक तह तर्फको नतिजा
विषय – अङ्ग्रेजी
प्रथम: राष्ट्रिय माबि भानु-११
द्वितीय: मनोहर माबि भानु-८
तृतीय:कर्मदा माबि भानु-९

विषय: नेपाली
प्रथम: होरालो शा शि स भानु-२ नारेश्वरटार
द्वितीय:राष्ट्रिय माबि भानु-११
तृतीय:बिध्या निकुन्ज माबि भानु-१२

विषय: गणित
प्रथम: सरस्वति सदन माबि भानु-५ मैबल
द्वितीय: नारायणी आधारभुत बिध्यालय भानु-५ बारीफाँट
तृतीय: कर्मदा माबि भानु-९

विषय: विज्ञान
प्रथम: होरालो शाशिस माबि भानु-२ नारेश्वरटार
द्वितीय: कर्मदा माबि भानु-९
तृतीय: शान्ति आबि भानु-४ खातिथोक

विषय: सामाजिक
प्रथम: जनजागृति माबि भानु-३ तुरतुरे
द्वितीय:चन्द्रावति माबि भानु-७
तृतीय:सरस्वती मन्दिर माबि भानु-१२

(३) माध्यमिक तहको नतिजा
विषय – अङग्रेजी
प्रथम:कर्मदा माबि भानु-९
द्वितीय: कालिका माबि भानु-९
तृतीय: त्रिभुवन माबि भानु-११

विषय: नेपाली
प्रथम: हिमालय माबि भानु-३ चाम्बास
द्वितीय: कालिका माबि भानु-९
तृतीय: चन्द्रावति माबि भानु-७

विषय: गणित
प्रथम: त्रिभुवन माबि भानु-११
द्वितीय: राष्ट्रिय माबि भानु-११
तृतीय:सरस्वति मन्दिर भानु-१२

विषय: विज्ञान
प्रथम: त्रिभुवन माबि भानु-११
द्वितीय: कर्मदा माबि भानु-९
तृतीय:बिध्या निकुन्ज माबि भानु-१२

विषय: सामाजिक
प्रथम: चन्द्रावति माबि भानु-७
द्वितीय: राष्ट्रिय माबि भानु-११
तृतीय: हिमालय माबि भानु-३ चाम्बास

पुरस्कृत हुने सम्पुर्ण तह र विषयको विद्यार्थी समूहलाई प्रथम, द्वितीय र तृतीयका लागि क्रमशः रू ३०००, रू २५०० र रू २००० नगद र प्रमाण-पत्र प्रदान गरिएको छ । यसरी ४३ वटा विषयगत विद्यार्थी समूह पुरस्कृत भएका छन् । विजयी विद्यार्थी समूहलाई हार्दिक बधाइ साथै आगामी दिनमा अझै उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना । त्यसैगरी यस शैक्षिक महोत्सवमा सहभागी भएर आफ्नो गरिमामय उपस्थिति देखाउने सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक धन्यवाद

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.