प्रतिनिधि सभा बैठक (बिहीबार) दिउँसो १ बजेसम्मका लागि सारिएको छ । सूचना टाँस गरेर बैठक बिहिबारका लागि सारिएको हो।
बुधबार १ बजे बस्ने भनिएको बैठक बस्न नसकेपछि दिउँसो सवा ३ बजेसम्मलाई सारिएको थियो। उक्त समयमा पनि बैठक बस्न नसकेपछि बिहीबार सम्मलाई सारिएको हो।
मंगलबार पनि बैठक बस्दै नबसी बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सूचना टाँसिएको थियो।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको कनेक्सन रहेको दाबीसहित प्रतिपक्षी दलले उनको राजीनामा र यस प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनलाई बटमलाइन बनाउँदै आएका छन्।
भिजिट भिसा विषयमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदनमा प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीलगायतले प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएका छैनन्। मङ्गलबार पनि प्रतिपक्षी दलहरुले आफ्नो अडान कायमै राखेपछि बैठक सरेको थियो।
बुधबारको बैठकमा यहि जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी आव २०८२-८३ को बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको थियो।