Gorkha Sansar

पहिरोका कारण उदयपुरका ग्रामीण सडक अवरुद्ध

उदयपुर/उदयपुर जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएका छन् । सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटार लगायतका ग्रामीण सडक अवरुद्ध भएका हुन् ।

शनिबार बिहानको भीषण वर्षाले यी क्षेत्रको ग्रामीण सडक भत्किएको र कतिपय सडक  पहिराले पुरिएका छन् । रौता–नामन्त, रौता–आँपटार, नामेटार–ओख्रेनी, रामेटार–भदौरेसहित पाँबु क्षेत्रका ग्रामीण सडक पनि अवरुद्ध भएका  छन् । रौता–मुर्कुची भएर डिल्लीबर हुँदै माझखर्क जाने सडक पनि विभिन्न स्थानमा भत्किएका र बाढीले बगाउँदा अवरुद्ध भएका छन् ।

निरन्तरको वर्षाले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक भत्किएर खाल्डो परेको वा पहिराले पुरिएको कारण अहिले मोटरसाइकलसमेत सञ्चालन हुन नसक्ने अबस्थामा  पुगेका छन् । मुर्कुची–डिल्लीबर–माझखर्क भएर लिम्चुङबुङको बासबोटे बराह जाने ग्रामीण सडक पनि अवरुद्ध भएको छ ।

उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा–बर्रे, डुम्रे–उदयपुरगढी सडक पनि भत्किएकाले यातायातका साधन सञ्चालनमा समस्या आएको छ । बेलका नगरपालिका–८ को कोठुबाट मैनामैनी जोड्ने सडक पनि भत्किएर अवरुद्ध भएको छ । शनिबारको वर्षाको कारण जिल्लाका चार पहाडी गाउँपालिकाका सडक अवरुद्ध भएको छ  ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.